मेयर बालेनको सिंगापुर भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का २६ निर्णय

Nepal Cover
१८ जेष्ठ २०८१, शुक्रबार
image

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ सिंगापुर भ्रमणमा जाने भएका छन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएपछि बालेन सिंगापुर भ्रमणमा जाने निश्चित भएको हो । 

बैठकले २०८१ जेठ २० गतेदेखि २२ गतेसम्म सिंगापुरमा आयोजना हुने नवौँ वर्ल्ड सिटीज समिट कार्यक्रममा सहभागी हुन महानगर प्रमुख साहलाई स्वीकृत दिने निर्णय गरेको हो ।

सो भ्रमणसम्बन्धी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको सरकारकी प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।