नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

  Sampatti News Online

June 1, 2024

काठमाण्डौ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले काठमाण्डौका तीन प्रहरी वृत्त (बौद्ध, गौशाला र महाराजगञ्ज) को अनुगमन गरेका छन् । गएराति अनुगमनका क्रममा उहाँले प्रहरी कार्यालयको कामकारबाही, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्याबारे वृत्तका प्रमुखसँग जानकारी लिएका हुन् ।

उजुरी जाहेरीका प्रकृति र दैनिक आउने सङ्ख्या, अनुसन्धानका कठिनाइ, वृत्तमार्फत जाने मुद्दा तथा थुनुवा कक्षको क्षमता र अहिले रहेको सङ्ख्याबारे पनि जानकारी लिए । गृहमन्त्री लामिछानेले नागरिकका गुनासा तत्काल सुन्न, पीडितमैत्री व्यवहार गर्न र जिम्मेवारी निर्वाहमा गम्भीर हुन तीनवटै वृत्तका प्रमुखलाई निर्देशन दिए ।

नयाँ बसपार्क क्षेत्रको विशेष सुरक्षा योजना पाँच दिनभित्र पेस गर्न महाराजगञ्ज वृत्त प्रमुखलाई उहाँले निर्देशन दिनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:June 1, 2024