काठमाडौँ महानगरले करारमा नगर प्रहरी जवान नियुक्ति गर्ने

  Sampatti News Online

June 1, 2024

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करारमा नगर प्रहरी जवान नियुक्ति गर्ने भएको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै करार सेवामा २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगीका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारहरूलाई योग्यता क्रमका आधारमा करार सेवामा पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।

योग्यता पुगेका नागरिकले ७ दिनभित्र काठमाडौँ महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस दिन आग्रह गरिएको छ ।

प्रकाशित मिति:June 1, 2024