कोशीको नीति तथा कार्यक्रम आज आउँदै

  Sampatti News Online

June 3, 2024

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ।

कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिएका छन्।

प्रदेश प्रमुख खापुङले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठकलाई सम्बोधन गर्नेछन्।

प्रकाशित मिति:June 3, 2024