यस्तो छ तपाईंको २१ जेष्ठ २०८१, सोमबार आजको राशिफल

  Sampatti News Online

June 3, 2024

मेष : समय रमाइलो छ। मनमा उत्साह बढ्नेछ।  प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ । पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि छ ।

वृष : दिन राम्रो छ। देशभित्र गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। बढी तर्क गर्नु भन्दा चुपचाप आफ्नो काम गर्नु राम्रो हुनेछ। परिवारमा विवाद गर्नु भन्दा सचेत भएर अगाडि बढ्नु राम्रो हुनेछ।

मिथुन : खर्च बढ्ने देखिन्छ। ठुलो लगानी नगर्नु राम्रो हुनेछ। पैतृक सम्पत्ति र विद्याको क्षेत्रमा उत्साह थपिने छ। समाजसेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : लगानीका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : हल्ला गर्नु भन्दा गोप्य ढंगले काम गर्नु राम्रो हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानी सफल हुनेछ। परिवारको साथ पाइनेछ। सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा हुनेछ। व्यापारमा फाइदा होला।

कन्या : बौद्धिक व्यक्तिसँगको भेट फलदायी हुनेछ। राजनीतिक क्षेत्रमा धोका हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन सामान्य छ। विरोधी सक्रिय भएकाले काम गर्नु अगाडि सचेत बन्नुपर्ने समय छ। शिक्षाको क्षेत्रमा गरेको श्रमबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा झगडा हुनसक्छ। परिवारको भने साथ मिल्नेछ।

वृश्चिक : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खर्च बढ्ने भएकाले सचेत हुनु राम्रो हुनेछ। आफ्नै मित्रले असहयोग गर्ने देखिन्छ। समाजसेवाको अवसर प्राप्त हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

धनु : दिन राम्रो छ। श्रम लगानीका क्षेत्रबाट नाफा हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। सामाजिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ।

मकर : स्वास्थ्यमा सुधार हुनेछ। खर्च बढ्ने जोखिम रहेको छ। लगानीको क्षेत्रमा आफू अगाडि बढ्नु भन्दा परिवारका सदस्यमार्फत् गर्नु राम्रो हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा उत्साह बढ्नेछ। परिवारमा भने समस्या हुनसक्छ।

कुम्भ : भएको धनको संरक्षण गर्नुपर्ने दिन छ। लगानी फस्ने भएकाले सचेत हुनुपर्छ। परिवारमा शंका र उपशंका बढ्ने देखिन्छ। अप्ठेरो समयमा साथीको सहयोग मिल्नेछ।

मीन : धन र मान जोगाउनु राम्रो हुनेछ। असहयोग र अशान्तिले मन दुःखी हुनसक्छ। दान गरेमा फाइदा हुनेछ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति:June 3, 2024