मेयर महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  Sampatti News Online

June 3, 2024

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भनी गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो । उनीहरुमाथि १ अर्ब ४ करोड विगो मागदावीसहितको आरोपपत्र विशेष अदालतमा पेश भएको छ । अख्तियारले लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा सोमबार नै ५ वटा छुट्टाछुट्ट मुद्दा पेश गरेको छ ।

प्रकाशित मिति:June 3, 2024