संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

Nepal Cover
२२ जेष्ठ २०८१, मंगलवार
image

काठमाडौं । आज संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ।

आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ। आइतबारदेखि सुरु भएको बजेटमाथिको छलफल आजपनि जारी रहने छ।

त्यस्तै, आजको बैठकमा कांग्रेसका पूर्व संविधान सभा सभासद सूर्यमान गुरुङ, पूर्व सांसद शैयद मेहराज अहमद शाह र कांग्रेसकै पूर्व राष्ट्रिय सभा सांसदखगेन्द्र राज रेग्मीको निधन भएकोमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

त्यस्तै, राष्ट्रिय सभाको बैठक १ः१५ बजे बोलाइएको छ। यस बैठकमापनि बजेटमाथि छलफल हुने छ।