‘सिंहदरबारमा ‘हाफपाइन्ट लगाएर भित्र जान नपाउनुको कारण के हो ?

  Sampatti News Online

June 4, 2024

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सिंहदरबारमा सर्वसाधारण जनतालाई हाफपाइन्ट र चप्पल लगाएर प्रवेश गर्न नदिइएको भन्दै सरकारको जवाफ माग गरेका छन् ।

आईतवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद न्यौपानेले संसद भवनमा सर्वसाधारण जनतालाई चप्पल र हाफपाइन्ट लगाएर प्रवेश नदिएको भन्दै आपत्ति जनाएका हुन् । उनले सांसदहरुले जुनसुकै प्रकारको पोशाक लगाएर पनि आउनसक्ने तर सर्वसाधारणको पोशाक हेरेर रोकिने गरेको भन्दै त्यसो गर्नु नहुने सुझाव दिइन् ।

‘यो संसदमा मर्यादित ड्रेस लगाएर आउने हामी कतिजना छौँ रु हामी साडीमा आउँछौँ कि ? कोट, पाइन्ट, टाई लगाएर आउँछौँ कि रु आफ्नो मातृ ड्रेस लगाएर आउँछौ कि रु आज यो संसदमा कोही फ्रक लगाएर आउनुभएको छ । कोही टिसर्ट र पाइन्ट लगाएर आउनुभएको छ । कोही जम्पर लगाएर आउनुभएको छ । हामीलाई चाहीँ सबै छुट ?’ उनले भनिन्, ‘अनि जनतालाई चाहीँ त्यसमा बन्देज रु नियम बनाउने हामी माननीयले चाहीँ जस्तो लगाएर यहाँ आएपनि भयो । नौरंगी फेसन लगाएर आएपनि हुन्छ हामीले चाहीँ केही गर्नु नपर्ने ? विचरा जनताहरु हाफपाइन्ट लगाएर प्रवेश नपाउने सिंहदरबारको ढोकामा । चप्पल लगाएर हेर्न नपाउने संसद भवनमा । अत्यन्तै अप्ठेरो विषय हो ।’

सभामुखमार्फत सरकारलाई प्रश्न गर्दै उनले थपिन्, ‘हाफपाइन्ट लगाएर भित्र जान नपाउनुको कारण के हो ? हामी चाहिँ सबै ड्रेस लगाएर यहाँ आइरहेका छौँ त रु नेपालका सांसद र मन्त्रीले कस्तो ड्रेस लगाउँछन् रु बाहिरतिर पनि हेरौँ । संसद पस्दा हामीले कस्तो ड्रेस लगाएर पस्नुपर्छ भन्ने सभामुखबाट रुलिङ होस् । सर्वसाधारण जनतालाई के कारणले रोक्यो त्यसमा म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले सर्वसाधारण जनतालाई पोशाकका कारण सिंहदरबार र संसद भवन दुवै ठाउँमा रोकिएको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति:June 4, 2024