गोदावरीका मेयर र उपमेयर निलम्बनमा

  Sampatti News Online

June 4, 2024


काठमाण्डौ । ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारी पदबाट निलम्बनमा परेका छन् ।
भ्रष्टाचार मुद्दा दायर भएसँगै मेयर र उपमेयर पदीय जिम्मेवारीबाट निलम्बित भएका छन् । अदालतले सफाइ दिएमात्रै दुवै जना पुनः नगरपालिकाको काममा फर्कन पाउनेछन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेले र नल्लुका ढुङ्गाखानीबाट रोडा, ढुङ्गा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
मेयर र उपमेयर दुबै निलम्बनमा परेकाले अब कार्यवाहक मेयरको जिम्मेवारी कसले सम्हाल्ने भन्ने विषय अन्योलमा परेको छ ।

प्रकाशित मिति:June 4, 2024