नक्कली प्रमाण पत्र पेस गरी जागिर खाएका शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

  Sampatti News Online

June 4, 2024

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्रका आधारमा नियुक्ति लिएको आरोपमा महोत्तरीका एक शिक्षकविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको हो ।

महोत्तरीको बलवा नगरपालिका वडा नं. ९ धमौरास्थित राष्ट्रिय प्राथमिक विद्यालयमा अनुदान कोटामा शिक्षक पदमा कार्यरत साहले कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय भारतबाट नवीन उत्तर मध्यमा तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको अख्तियारले जनाएको छ ।

नक्कली प्रमाण पत्रका आधारमा साहले राष्ट्रिय प्राथमिक विद्यालय महोत्तरीमा २०६९ कात्तिक २५ गतेदेखि लागू हुने गरी शिक्षक अनुदान कोटा (राहत) मा नियुक्ति लिई हालसम्म कार्यरत रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेकाले कैद र जरिवाना सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति:June 4, 2024