मधेश प्रदेशः मुख्यमन्त्री यादवले आज विश्वासको मत लिदै

  Sampatti News

June 5, 2024

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री यादवको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

विश्वासको मत लिनका लागि मुख्यमन्त्री यादवले मंगलबार प्रदेश सभा सचिवालयमा पत्र पठाउनुभएको थियो । उहाँले विश्वासको मत पाउने नदेखिएकाले विश्वासको मत लिने कि राजीनामा दिने भन्ने बारेमा आज दिउँसो बस्ने जसपा संसदीय दलको बैठकले तय गर्ने जनाइएको छ ।

गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले सरकार छाडेर समर्थन फिर्ता लिएका थिए । कुनै दलको विभाजन भएमा सरकारको नेतृत्व गर्ने दलका मुख्यमन्त्रीले ३० दिनभित्र वा सत्ताधारी दलले सरकारबाट समर्थन फिर्ता लिएको ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।

सरकारमा रहेको एकीकृत समाजवादीले पनि मंगलबार समर्थन फिर्ता लिने निर्णय लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत नपाउने पक्का छ ।

प्रकाशित मिति:June 5, 2024