आईसीसी टी–२० विश्वकपः नेदरल्यान्ड्ससँगको हारबाट दबाबमा नरहेको भनाई

  Sampatti News Online

June 5, 2024

काठमाण्डौ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अमेरिकाको डालासमा रहेको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा गए राति भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीले भने यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको बताएका छन् । खेलपछि उनले भने, ‘यो हारबाट दबाबमा छैनौँ । जति पनि दबाब थियो, विश्वकप छनोटमा थियो । यहाँ हामी आफूलाई प्रमाणित गर्न आएका हौँ । सुपर आठका लागि योग्य टोली हौँ भन्ने सन्देश दिन चाहन्छौँ । आज हार बेहोर्‍यौँ तर आउँदो तीन खेलमा राम्रो गर्नेछौँ ।’

अब नेपालले लिग चरणको दोस्रो खेलमा जुन १२ मा श्रीलङ्कासँग, तेस्रो जुन १५ मा दक्षिण अफ्रिका र चौथो तथा अन्तिम खेलमा जुन १७ मा बङ्गलादेशसँग खेल्नेछ ।

नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्यान्डस् र बङ्ग्लादेश रहेका छन् । नवौँ संस्करणको प्रतियोगितामा २० वटा देश सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टोली छन् । टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख (असारको १५ गते) हुनेछ ।

प्रकाशित मिति:June 5, 2024