बाल यौन दुर्व्यवहार आरोपमा इन्सपेक्टर शिवाकोटी पक्राउ

  Sampatti News Online

June 6, 2024

काठमाडौं । नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी रहेका छन् ।

एक जना १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिवाकोटी पक्राउ परेका हुन् । उनी हाल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छन् ।

काठमाडौं महानगरपालिकाले विद्यालयहरुमा सचेतनामुलक अभियान चलाइरहेको थियो । त्यही क्रममा ती बालिकाले आफूमाथि यौन दुर्व्यवहार र कुटपिट हुने गरेको सूचना दिएकी थिइन् ।

बुधबार साँझ पनि काठमाडौं महानगरका प्रतिनिधिलाई सम्पर्क गरेर आफूमाथि दुर्व्यवहार भएको र बस्नै नसक्ने स्थितिमा पुगेको भन्दै खबर गरेकी थिइन् । त्यसपछि काठमाडौं महानगरपालिका, नागर्जुन नगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र, बाल अधिकारकर्मी, स्वयम्भु प्रहरी लगायतको टोली शिवाकोटी बसेको घरमा पुगेको थियो ।

त्यसपछि महानगरको टोलीले पीडित किशोरीलई उद्दार गरेर बाल सुरक्षा गृहमा पठायो भने स्वयम्भु प्रहरीले इन्स्पेक्टर शिवाकोटीलाई नियन्त्रणमा लिएको एक अधिकृतले बताए ।

प्रकाशित मिति:June 6, 2024