प्रभु साहको माग ‘लागुऔषध दुव्र्यसनी नियन्त्रणबारे सरकारले के गर्दैछ ?’

  Sampatti News Online

June 7, 2024

काठमाडौं । आम जनता पार्टी (आजपा) अध्यक्ष एवं सांसद प्रभु साहले लागुऔषध दुव्र्यसनी नियन्त्रणबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफ माग गरेका छन् । लाखौं युवाहरु लागुऔषध दुव्र्यसनीमा परेको तर त्यसलाई नियन्त्रण गर्न सरकार असफल भएको टिप्पणी उनको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद साहले नेपालका लाखौं युवा लागुऔषध दुव्र्यसनमा परेको तर यसको नियन्त्रण सरकारले गर्न नसकेको हो कि नियन्त्रण गर्ने गरी काम नगरेको हो भन्ने आशंका समेत व्यक्त गरे ।

‘लागुऔषधको स्रोत के हो रु समातिएको नष्ट गरिएको भनिन्छ । नष्ट गरिएको भए कहाँ भएको छ रु कतै यो रिसाइकलिङ त भइरहेको छैन रु समात्नमा संलग्न व्यक्तिमार्फत फेरि मार्केटमा पठाउने र यसमा ठूलो व्यापार त भइरहेको छैन रु यसको वास्तविकताबारे अवगत गराउन माग गर्न चाहन्छु’ साहले भने, ‘यस विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्छ । संसदलाई जानकारी गराउनुपर्छ ।’

लागूऔषधको दुव्र्यसनीले कलिला बालबालिकाको भविष्यसँग व्यक्ति, घरपरिवार, समाज र राष्ट्रलाई नकारात्मक असर परिरहेको बताउँदै उनले कानुनले प्रतिबन्धित गरेको लागूऔषध खुलेआम रुपमा बेचविखन भइरहेको भन्दै सरकारको ध्यानाकार्षण गराए ।

‘नेपालका लाखौं युवाहरु लागूऔषध दुव्र्यसनको शिकार भएका छन् । भर्खरका कलिला बच्चाहरु लागूऔषधको लतमा अगाडि बढिरहेको हामी हेरिरहेका छौं । हजारौं घर बर्वाद भएको छ । व्यक्ति, घरपरिवार, समाज र राष्ट्रलाई नकारात्मक असर पार्ने यसको नियन्त्रण किन भइरहेको छैन । नेपालको कानुनले प्रतिबन्ध गरेको लागूऔषध बेचबिखन, बिक्री वितरण खुलेआम पाइरहेको स्थिति छ । यो किन भइरहेको हो रु यसमा गृहमन्त्रीको जवाफ चाहन्छौं’ साहले भने ।

लागूऔषध नियन्त्रणको जिम्मेवारी पाएको प्रहरी प्रशासनको भूमिकामाथि समेत साहले प्रश्न उठाएका छन् । उनले वर्षौंदेखि राज्यको संयन्त्र लागूऔषध नियन्त्रणमा खटिएपनि प्रभावकारिता नदेखिएको बताए । लागूऔषध कहाँबाट र कसले प्रवाह गरिरहेको छ भन्ने कुरा जान्न चाहेको बताए । साथै, समातिएको लागूऔषध पुन बजारमा गएको हुनसक्ने उनको आशंका छ । अध्यक्ष साहले प्रहरीले नियन्त्रणमा लिएको लागूऔषध कहाँ र कस्तो अवस्थामा, कति छ भन्ने कुरा जानकारी गराइनुपर्ने बताए । उनले यदि नष्ट गरिएको हो भने कुन मितिमा, कहाँ नष्ट गरिएको हो रु भन्दै उनले सो को विवरण माग गरे ।

‘यसको नियन्त्रणको जिम्मा पाएका छन्, कहीँ न कहीँ तिनीहरु यसमा संलग्न छन् । यत्रो वर्षदेखि राज्यको ठूलो संयन्त्र काम गरिरहेको छ, हामी जान्न चाहन्छौं, लागूऔषधको स्रोत के हो रु कहाँबाट लागूऔषध प्रवाह हुन्छ रु त्यो किन पत्ता लगाउन सकिएको छैन’ साहले भने, ‘अहिलेसम्म जतिपनि लागूऔषध समातिए, त्यसको स्टोर कहाँ हुन्छ रु नष्ट हुन्छ कि त्यसको स्टोर हुन्छ रु नष्ट भएको हो भने कति नष्ट भएको हो रु कहिले नष्ट भएको हो रु यदि स्टोर भएको छ भने कहाँ स्टोर भएको छ रु र कति स्टोर छ रु हामी जान्न चाहन्छौं । मान्छेहरुको आशंका छ, लागूऔषध कहीँ रिसाइकिलिङ त भइरहेको छैन । त्यसमा संलग्न व्यक्तिहरुले फेरि माकेर्टमा पठाउने व्यापार त गरिरहेको छैन रु भन्ने गम्भीर आशंका उत्पन्न भइरहेको सन्दर्भमा नेपाली जनतालाई जानकारी गराउन म आग्रह गर्न चाहन्छु ।’

पूर्व प्रहरी अधिकारीहरुले सुधार गृह सञ्चालन गरिरहेको र त्यसको बढ्दोत्तरी रहेको बताउँदै उनले लागूऔषधको मुहान पत्ता लगाउन नसक्नु र रोकथाम प्रभावकारी नहुनु मुलुकका लागि दुर्भाग्य हुने उनले बताए । लागूऔषध नियन्त्रण सम्बन्धि कानुन असाध्यै पुरानो भएको भन्दै उनले यसबाट समाधान ननिस्कने बताए । अध्यक्ष साहले पहिला सहर बजारमा रहेको लागूऔषध दुव्र्यसनीको विकराल अवस्था अहिले गाउँ–गाउँमा पुगेको बताए ।

‘पूर्व प्रहरी अधिकारीहरु जसले सुधार गृह सञ्चालन गरिरहेका छन्, ठाउँ–ठाउँको सुधार गृहमा बढोत्तरी हुने र त्यसको मुहान पत्ता लगाउन नसक्ने, त्यसको रोकथाम हुन नसक्ने, नियन्त्रण हुन नसक्ने र व्यापार भइराख्ने जो कन्डिसन छ, यो बिडम्बनापूर्ण र दुर्भाग्यपूर्ण छ । यसको रोकथामको लागि म माग गर्न चाहन्छु’ साहले भने ।

प्रकाशित मिति:June 7, 2024