सुनको भाउमा फेरि नयाँ रेकर्ड

Nepal Cover
२५ जेष्ठ २०८१, शुक्रबार
image


काठमाण्डौ ।
सुनको भाउले आज फेरि नयाँ रेकर्ड कायम गरेको छ । हिजो एक लाख ४४ हजार पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज पुनः अर्को रेकर्ड कायम गरेको हो ।

आज सुनको भाउ एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।