देशका ६९ जिल्लामा फैलियो डेंगु

Nepal Cover
२५ जेष्ठ २०८१, शुक्रबार
image

काठमाडौँ । देशका ६९ वटा जिल्लाबाट एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्रअन्तर्गतका किटजन्य शाखाका प्रमुख डा।गोकर्ण दाहालले सन् २०२४ यता ६९ जिल्लाबाट एक हजार १०५ जनामा डेंगु पुष्टि भएको जानकारी दिए ।

डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ३८९, कोशी प्रदेशमा २६४ जनामा पुष्टि भएको छ ।

त्यसैगरी, मधेश प्रदेशमा २९, गण्डकी प्रदेशमा १७०, लुम्बिनी प्रदेशमा १२९ कर्णली प्रदेशमा १५ र सुदूरपश्चिममा ११३ जनामा डेंगु पुष्टि भएको डा. दाहालले बताए ।

जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा ११२, झापामा १०९ जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, चितवनमा ७३, मकवानपुरमा ५८, सिन्धुपाल्चोकमा ४४, तनहुँ ३९, ओखलढुङ्गामा ३८, रुपन्देहीमा २८, डोटीमा ३० र भक्तपुरमा २७ जनामा डेंगु पुष्टि भएको छ । गत वर्ष ५२ हजार ७९० जनामा डेंगु पुष्टि भएको थियो ।

लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा. दाहालको सुझाव छ ।