आजपाको सम्पन्न महोत्तरी जिल्ला भेलाबाट अध्यक्षमा साह र सचिवमा भण्डारी

  Sampatti News

June 8, 2024

महोत्तरी । आम जनता पार्टी (आजपा) को महोत्तरी जिल्ला भेला सम्पन्न भएको छ । सम्पन्न सो जिल्ला भेलाले अरविन्द साहको अध्यक्षतामा ७५ सदस्यीय पार्टीको जिल्ला कमिटी गठन भएको छ ।

आजपा स्थायी कमिटीका सदस्य एवं महोत्तरी जिल्ला ईन्चार्ज राधेश्याम साहका अनुसार भेलाबाट पार्टीको जिल्ला उपाध्यक्षमा धनपत साह र सदिक नदाफ, सचिवमा रमेश भण्डारी, सहसचिवमा पंकज सिंह, रामहित राउत, रञ्जन साह र कोषाध्यक्षमा बबिता देवी पासवान रहेका छन् ।

यसैगरी सोही भेलाबाट आजपा निकटको आईटी आर्मीको महोत्तरी जिल्ला कमिटी समेत गठन भएको छ । सुबोध ठाकुरको अध्यक्षतामा गठन भएको आईटी आर्मी महोत्तरी जिल्ला कमिटीको उपाध्यक्षमा सुनिल ठाकुर, सचिवमा नितेश साह र कोषाध्यक्षमा राकेश भण्डारी रहेका छन् । १०१ सदस्यीय जिल्ला कमिटी रहेको छ ।

यस्तै आजपा निकटको आम महिला मोर्चाको महोत्तरी जिल्ला कमिटी ५१ सदस्यीय गठन भएको छ । कमिटीको अध्यक्षमा बबिता देवी, उपाध्यक्षमा मिना साह, सचिवमा रंगिना देवी र कोषाध्यक्षमा सावित्री देवी रहेका छन् ।

महोत्तरीको जलेश्वर स्थित अग्रवाल पार्टी प्यालेसमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विद्यार्थीको अनुपात र विषयगत शिक्षकको व्यवस्था हुनुपर्ने बताए । मधेसका बिद्यालयहरुमा विद्यार्थीको अनुपात र विषयगत शिक्षक नहुँदा यहाँको पठनपाठनमा समस्या हुनुका साथै मानव सूचांकमा मधेस पछाडी परेको छ ।

आजपा निकटको आम विद्यार्थी मोर्चाले विद्यार्थीको अनुपात र बिषयगत शिक्षकको माग गर्दै आन्दोलन गर्दै आएको छ । विद्यार्थी मोर्चाका अध्यक्ष बिबेक साहले आफूहरुको माग पुरा नभएसम्म आन्दोलनका साथै संघर्षका कार्यक्रम जारी रहने जनाएका छन् ।

प्रकाशित मिति:June 8, 2024