आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक दुई दिनका लागि स्थगित

  Sampatti News Online

June 9, 2024

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो ।

आइतबारदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । २९ गतेदेखि नियमित छलफल हुने जनाइएको छ ।

विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययन गर्न दलहरूले समय मागेकाले बैठक स्थगित गर्नु परेको बताइएको छ ।

सभामुख देवराज घिमिरेले बोलाउनुभएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली काँग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीको उपस्थिति थियो ।

प्रकाशित मिति:June 9, 2024