सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने विश्वकपका खेल खेल्ने

Nepal Cover
२८ जेष्ठ २०८१, सोमबार
image

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आइसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजमा हुने दुई खेल खेल्ने भएका छन्। भिसा नदिएपछि विश्वकप खेल्न अमेरिका जान नपाएका क्रिकेटर सन्दीप लामिछानेले वेस्टइन्डिज पुगेका छन् । नेपालले वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

दुवै खेलमा सन्दीपले सहभागिता जनाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। (क्यान)ले सोमबार बिहान विज्ञप्ति जारी गर्दै सन्दीपलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरिएको जनाएको छ।

पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेस गरेको क्यानले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ।

अमेरिकाले भिसा नदिएपछि क्रिकेटर लामिछाने विश्वकप खेल्न जान पाएका छैनन्।