June 11, 2024
काठमाडौँ । यातायात व्यवस्था कार्यालय सुकेधारा काठमाडौँका तत्कालीन उपसचिव सुन्दर भट्टराईलाई विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गरेको छ ।
सार्वजनिक सेवा प्रवेश गरेको १ साउन ०३८ देखि ०७५ मंसिर मसान्तसम्मको उनको आम्दानी र खर्चबारे अख्तियारले विश्लेषण गरेको थियो । न्यायाधीशहरू खुशीप्रसाद थारू, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले मंगलबार उनलाई दोषी ठहर गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए । साथै उनले १४ लाख ७४ हजार १६९ रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको विशेषको ठहर छ ।
भट्टराईलाई तीन महिना कैद र बिगो बमोजिम जरिवाना हुने गरी फैसला भएको विशेष अदालतका सूचना अधिकारी रेग्मीले जानकारी दिएका छन् ।
प्रकाशित मिति:June 11, 2024
November 22, 2024