वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्द

  Sampatti News Online

June 12, 2024

काठमाडौं । टी-२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । बिहानैदेखि वर्षा भएपछि लडरहिलस्थित ब्रोवार्ड क्रिकेट रंगशालामा खेल बिनाटस नै रद्द भएको हो ।

नेपाली समयअनुसार बिहान सवा ५ बजे खेल सुरु हुने तालिका थियो । तर वर्षा नरोकिएपछि खेल रद्द भएको आधिकारिक घोषणा गरिएको हो ।

खेल रद्द भएसँगै दुवै टोलीलाई १–१ अंक बाँडिएको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । यस नतिजापछि श्रीलंका समूह चरणबाटै बाहिरिने निश्चित भएको छ । श्रीलंका पहिलो दुई खेलमा क्रमशस् दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भएको थियो

नेपाली टोलीले अब क्यारेबियनको सेन्ट भिन्सेन्टमा जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा बंगलादेशसँग खेल्ने छ ।

प्रकाशित मिति:June 12, 2024