राष्ट्रिय अनुसन्धान विभागले माग्यो २५२ जना कर्मचारी (हेर्नुहोस् सूचना)

Nepal Cover
३० जेष्ठ २०८१, बुधबार
image

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि २५२ जना कर्मचारी भर्ना गर्ने तयारी गरेको छ। सूचना जारी गर्दै विभागले विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि दरखास्त आह्वान गरेको हो।

विभागले सहायक सूचक पदमा २३४ जना, सुरक्षा गार्डमा १६ जना तथा परिचरमा २ जनाका लागि दरखास्त आह्वान गरिएको जनाएको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि एक महिनाभित्र दरखास्त दिन सकिने विभागले जनाएको छ। सहायक सूचक पदका लागि अनलाइनमार्फत फाराम भर्न सकिने छ। त्यसैगरी सुरक्षागार्ड र परिचरका लागि तोकिएकै स्थानमा पुगेर आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।