जसपा नेपालको अध्यक्षमा यादव

  Sampatti News Online

June 12, 2024

काठमाण्डौँ । पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष चयन भएका हुन् । यादवको मात्र उम्मेदवारी परेको थियो । अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भएको छैन ।

प्रकाशित मिति:June 12, 2024