नेपालमा डेबिड कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताको संङ्ख्या बढ्यो

  Sampatti News Online

June 12, 2024

काठमाण्डौँ । नेपालमा डेबिड कार्ड प्रयोगकर्ताको संङ्ख्या २ बर्षको अबधिमा १९ लाख बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार २०७९ असार देखि २०८१ बैशाखसम्म डेबिड कार्ड प्रयागकर्ताको संङ्ख्या १९ लाख बढेको हो ।
यो सँगै २०७९ असार मसान्तसम्म कुल १ करोड ८ लाख रहेको डेबिड कार्ड प्रयोगकर्ताको संङ्ख्या २०८१ बैशाख मसान्तसम्म १ करोड २७ लाख पुगेको छ ।

यस्तै, यसअवधिमा डेबिड कार्ड मार्फत ९७ अर्ब १२ करोड रुपैयाँ बराबरको कारेबार भएको राष्ट्र बैंकले जनाएको छ ।
डेबिड कार्ड सँगै नेपामा क्रेडिट कार्ड प्रयोगकर्ताको संङ्ख्या पनि बढेको छ । २०७९ असार मसान्तसम्म २ लाख ३८ हजार रहेको क्रेडिट कार्ड प्रयोकर्ताको संङ्ख्या २०८१ बैशाख मसान्तसम्म २ लाख ८६ हजार रहेको छ ।

प्रकाशित मिति:June 12, 2024