अमेरिकी राष्ट्रपति बाइडनका छोरा अवैध बन्दुक मामिलामा दोषी ठहर

Nepal Cover
३० जेष्ठ २०८१, बुधबार
image

अमेरिकी राष्ट्रपति जो बाइडनका छोरा हन्टर बाइडन बन्दुकसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । डेलावेयरमा दर्ता भएको तीन मुद्दामा उनी दोषी पाइएका हुन्।

बीबीसीका अनुसार २१ सदस्यीय इजलासले हन्टर बाइडनलाई २०१८ मा बन्दुक खरिद गर्दा आफ्नो लागूपदार्थ सेवनबारे फारममा गलत जानकारी दिएको भन्दै दोषी ठहर्‍याएका हुन्।

हन्टरमाथि लगाइएको आरोपमा उनलाई २५ वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ। ५४ वर्षीय हन्टरविरुद्ध गलत बयान दिएको र अवैध रूपले बन्दुक राखेको आरोप लगाइएको थियो। जसमा उनी दोषी पाइएका हुन्।

अमेरिकामा बन्दुक खरिद गर्दा झूठो बयान दिएमा १० वर्षसम्मको जेल सजाय हुन सक्ने प्रावधान छ भने कुनै व्यक्ति जसलाई लागू औषधको लत लागेको र अवैध रूपले बन्दुक राख्छ भने उसलाई पनि १० वर्षको जेल सजाय हुन सक्छ।