बागमतीमा बोहराको आगमन सँगै गोकर्णदेखि बल्खुसम्मका कामले रफतार लिदै

  Sampatti News Online

June 12, 2024

काठमाण्डौँ । गोकर्णदेखि बल्खुसम्म सिसीक्यामरा र डाइमाक्सड जडान हुने भएका छन् । फोहोर ब्यवस्थापन गर्न सहज हुने तथा अपराधिक घटनाहरु न्यूनिकरण गर्न सिसीक्यामेरा र डाइमाक्स जडान हुने भएको बताइएको छ ।

खासगरी बागमती र यसका सहायक नदी सरसफाइ गर्दै संरक्षण तथा सही ढङ्गले ब्यवस्थित गर्न सिसीक्यामेरा जडान गर्ने अभियान चलाईने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी निर्देशक रबिन्द्र बोहोराले जानकारी दिए ।

साथै बागमती नदीको सौन्दर्यता बढाउन तीनकुने पुलदेखि बल्खुसम्म छुटेका भागहरुमा सरसफाइ गर्दै रात्रिकालिन उज्यालो बनाउने अभियान सुरुवात गरिने भएकाले रोपिएको फुल र बिरुवाहरुले बागमती नदि छेउछाउमा सजिसजाउ गरिए जस्तै सुन्दर त हुन्छ नै आयोजनाले थप सुरक्षाका लागि समेत आवश्यक्ता अनुसारका काम अगाडी बढाईएको सदस्य सचिव बोहराले बताए । टुकुचा प्रशोधन केन्द्रको निर्माण कार्य पनि तिब्र गतिमा अगाडी बढाईरहेको जनाईएको छ ।

पछिल्लो समय अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बगमती नदी तथा आसपासका खोलाहरुको संरक्षण र सरसफाईमा विशेष ध्यान पुर्याउदै आएको छ । पहिला पनि यस कार्यालयमा प्रमुखको भुमिकाका रहेका बोहराले छोटो कार्यकालमा स्मरणयोग्य काम गरेका थिए । उनले लामो समय काम गर्न पाएका थिएनन् । यस बीचमा मन्त्रालयबाट डेढ महिना अघि जिम्मेवारी पाएका उनले कामको रफतारलाइ अगाडि बढाइसकेका छन् ।

प्रकाशित मिति:June 12, 2024