कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दामा आज पेशी

  Sampatti News Online

June 13, 2024

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दामा आज पेशी तोकिएको छ । न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा आज पेशी तोकिएको हो।

उक्त मुद्धामा यसअघि संयुक्त इजलासले सुनुवाइका लागि पूर्ण इजलासमा पठाएको थियो । कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू संविधानको धारा १६८ को उपधारा ५ अनुसारको मुख्यमन्त्री भएकाले आफूलाई हटाउन नसक्ने जिकिर गर्दै आएका थिए । तर, उनलाई हटाएर हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएपछि कार्की सर्वोच्च पुगेका थिए ।

कार्कीले संविधानको धारा १६८ अनुसारको अन्तिम मुख्यमन्त्री आफू भएकाले हटाउने निर्णय गैरसंवैधानिक भएको जिकिर गरेका छन् । उक्त रिटमा एकल इजलासले पाँचवटा संवैधानिक विवादका प्रश्नहरू निरूपण हुनुपर्ने भन्दै लिखित जवाफसहित छलफलमा बोलाएको थियो ।

कार्कीका कानुन व्यवसायीहरूले आजदेखि बहस सुरु गर्ने छन् । उनीहरूको बहस सकिएपछि सरकारी वकिलहरूले बहस गर्ने छन् । सरकारी पक्षपछि मुख्यमन्त्री कार्कीका तर्फबाट बहस हुने छ ।

प्रकाशित मिति:June 13, 2024