गर्मी बढेपछि विद्यालय बन्द हुँदै

  Sampatti News Online

June 13, 2024

सिन्धुली । सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विगत केही दिनदेखि बढेको गर्मीले पठनपाठन प्रभावित भएको भन्दै बिहीबारदेखि एक साताका लागि विद्यालय बन्द गरेको हो ।

कमलामाई नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै अत्यधिक गर्मीले जनजीवन प्रभावित भई बालबालिका घरबाट विद्यालयसम्म आउन कठिनाइ भएकाले जेठ ३१ गतेदेखि असार ५ गते बुधबारसम्म एक साताका लागि गर्मी बिदा दिएको जनाएको छ ।

उक्त निर्णयसँगै पालिकाभित्रका ८४ वटा सामुदायिक विद्यालय र २४ वटा संस्थागत विद्यालय बन्द भएको र उक्त गर्मी बिदा वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको कार्यवाहक नगर प्रमुख मञ्जु देवकोटाले जानकारी दिए ।
यसअघि ह्वात्तै गर्मी बढेपछि तराईका जिल्लाका बिद्यालयहरु बन्द भएका थिए ।

प्रकाशित मिति:June 13, 2024