बंगलादेशले नेपालबाट विद्युत् निर्णय

  Sampatti News Online

June 13, 2024

काठमाण्डौँ । बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने निश्चित भएको छ । बंगलादेश सरकारको मन्त्रिपरिषद् (क्याबिनेट) मातहत सार्वजनिक खरिदसम्बन्धी समितिले मंगलबार विद्युत् किन्ने निर्णय गरेको हो ।

समितिले मूल्य पनि तोकेको छ । प्रतियुनिट ८.१७ टाकामा किन्ने गरी समितिले निर्णय गरेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।

भारत हुँदै बंगलादेशमा विद्युत् निर्यात हुने छ । यसका लागि भारतको एनटीपीसी विद्युत् व्यापार निगम, नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड बीपीडीबीबीच त्रिपक्षीय सम्झौता हुने बंगलादेशी सञ्चारमाध्यम ‘द डेली स्टार’ जनाएको छ । भारतको भूभाग प्रयोग गर्दा ०.०५९५ शुल्क पर्ने उक्त सञ्चारमाध्यमले उल्लेख छ ।

नेपाल भारत ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर ट्रान्समिसन लाइन र भारत–बंगलादेश–बरामपुर–भेरमारा क्रस बोर्डर ट्रान्समिसन लाइन हुँदै नेपालको बिजुली बंगलादेश जाने छ ।

प्रकाशित मिति:June 13, 2024