भौतिक मन्त्रालयद्वारा महानिर्देशक सहित दर्जनौंको हेरफेर

सडक बिभागको महानिर्देशकमा रामहरि पोख्रेल

  Sampatti News Online

June 14, 2024

काठमाडौँ । आम नागरिक बीच असारमा गरिने बिकासलाई लिएर आलोचना खेपिरहेको भौतिक मन्त्रालयले कर्मचारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बाह्रमासे सरुवाको खेती मौलाउँदै यो तिर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तिर सोझिन पुगेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक विभागका महानिर्देशकलाई मन्त्रालय तानेर उपमहानिर्देशकलाई महानिर्देशक नियुक्त गरेका छन् ।

विभागको योजना तथा अनुगमन महाशाखा हेर्ने उपमहानिर्देशक रामहरि पोखरेललाई महानिर्देशकमा पदोन्नति गरि महानिर्देशक रहेका सुशीलबाबु ढकाललाई मन्त्रालयको योजना महाशाखामा लगिएको हो ।

मन्त्रालय मातहतको बिभागलाई आकर्षक मानिने विभागमा असारको मुखमा आएर प्रमुख फेर्नुलाई फरकफरक प्रक्रियालाई लिएर हेरिएको छ । मन्त्रालयले सहमतिसमेत नलिएर महानिर्देशक फेरबदल गरेको भेटिएको छ । हुन त महानिर्देशक ढकालले बिभागलाई गति दिन नसकेको भनेर लामो समय देखी आलोचना खेप्दै आएका थिए। सरुवा गर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहमति लिनुपर्नेमा भौतिक पूर्वाधार मन्त्रालयले बिना सहमति सरुवा गरेको हो । असारको मुखमा सहमतिबिना सहसचिवको सरुवा हुनु गलत भएको सामान्य प्रशासन मन्त्रालयका सेटिङ्वाला कर्मचारी बताउछन्।
निजामती सेवा ऐन, २०४९ को दफा १५ मा निजामती कर्मचारीको पदस्थापन सम्बन्धी व्यवस्था गरिएको छ । दफा १५ मा राजपत्राङ्कित प्रथम श्रेणीको विभागीय प्रमुखको पदमा पदस्थापन सामान्य प्रशासन मन्त्रालयको सहमति बमोजिम गरिने उल्लेख छ ।

सामान्य प्रशासन मन्त्रालयले त्यस्तो पदमा पदस्थापनको लागि सहमति दिँदा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी सो पदमा नेतृत्व बहन गर्न सक्ने क्षमता भएको कर्मचारीहरू मध्येलाई सहमति प्रदान गर्ने ऐनमा उल्लेख छ ।
यसबारे उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले गल्ती गरेको सामान्य सचिव मुकुन्द निरौला बताउछ्न्।

त्यसैगरी विभागको उपमहानिर्देशकमा सहसचिव उमेश विन्दु श्रेष्ठलाई पठाइएको छ ।

मन्त्रालयले रेल विभागको महानिर्देशक पनि पूर्ति गरेको छ । रोहितकुमार बिसुरालको अवकाशपछि रिक्त रहँदै आएको रेल विभागको महानिर्देशकमा पुल आयोजना निर्देशक हुलाकी राजमार्ग आयोजना प्रमुख रहेका अजय कुमार मूल नियुक्त गरिएको छ ।

रिक्त ठाउँमा नयाँ पदस्थापन तथा सरुवा स्वभाविक नै भए पनि आर्थिक वर्षको अन्त्यतिर गरिएको सरुवालाई भने विशेष इन्ट्रेष्ट राखेर गर्ने गरिएको बताईएको छ।

पछिल्लो समय सरुवा जस्तो नियमित र पारदर्शी प्रक्रियालाई समेत ‘मोलमोलाइ’ र ‘अपारदर्शी धन्दा’का रूपमा विकास गर्दै लगिएकोप्रति प्रशासकहरू चिन्तित छन् । यो खेलले सिङ्गो कर्मचारीतन्त्रलाई बदनामित बनाउँदै लगेकोमा कहीँ कतैबाट रोक्ने प्रयाससम्म नभएकोप्रति पूर्वप्रशासकहरुको दुःखेसो सुन्न सकिन्छ ।

विशेष परिस्थितिबाहेक आर्थिक वर्षको अन्त्यमा यसो गर्नु भनेको पछिल्लो समय निहित ‘इन्ट्रेस्ट’ पुरा गर्न र गराउन जुनसुकै बेला पनि सरुवा गर्ने गरिएको छ बुझ्न सजिलो भएको छ।

जे होस बिभागका नयाँ जिम्मेवारी पाएका पोख्रेल काबिल र सन्तुलन मिलाएर बिकास प्रशासनमा नतिजा दिन सक्ने कर्मचारीका रुपमा परिचित छ्न्।

प्रकाशित मिति:June 14, 2024