जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका एक दम्पतीको मृत्यु

  Sampatti News Online

June 15, 2024

काठमाडौं । जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका एक दम्पतीको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक घर भई ललितपुरको जावलाखेल बस्ने २५ वर्षीय उमेर सेन्चुरी र उनकी श्रीमति २५ वर्षकै रेणु सेन्चुरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना शुक्रबार राति साढे ८ बजे आफ्नै कोठामा अर्धबेहोस अवस्थामा फेला परेपछि प्रहरीले उपचारको लागि पाटन अस्पताल पुर्‍याएको थियो ।

चिकित्सकले दुवै जनालाई ९ः २७ मा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहररू नवविवाहित जोडी हुन् । मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:June 15, 2024