चितवनको एक सुन पसलमा चोरी, ३५ केजी चाँदी चोरी

  Sampatti News Online

June 16, 2024

भरतपुर । चितवन कालिका नपा वडा नं ६ खोलेसिमल बजार स्थित एक सुन चाँदी पसलमा चोरी भएको छ । गए राती करिब ९ बजेको समयमा स्थानीय व्यवसायी वर्ष ३५ को विनोद सुनार को सुन चाँदी पसल बाट करिब ३५ केजी चाँदी ३ केजी सुन चोरी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले चोरले नगद दुई लाख रुपैयाँ समेत चोरेको पीडितले जनाएका बताए ।

हतियार धारी समूहले सो चोरी गरेको हो । प्रनाउ भण्डारी चोरी भएको छ भन्ने खबर प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी उपरीक्षक कै नेतृत्वमा टोली गठन भई सूक्ष्म अनुसन्धान कार्य भइरहेको जानकारी दिए।

प्रकाशित मिति:June 16, 2024