सुनचाँदीको मूल्य बढ्यो

  Sampatti News Online

June 16, 2024

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत शुक्रबारको तुलनामा आज सुनको मूल्य बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार १०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार २०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा २० रुपैयाँले बढेर कारोबार सुरु भएको हो । आज चाँदीको मूल्य तोलामा १८ सय २० रुपैयाँ छ ।

प्रकाशित मिति:June 16, 2024