टी-२० विश्वकपः वेष्टइन्डिजद्धारा अफगानिस्तान १०४ रनले पराजित

  Sampatti News Online

June 18, 2024

काठमाडौं । टी-२० विश्वकप २०२४ मा समूह चरणको आफ्नो अन्तिम खेलमा वेष्टइन्डिजले अफगानिस्तानलाई १०४ रनको फराकिलो अन्तरले हराएको छ ।

२१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा ११४ रन बनाए अलआउट भएपछि वेष्टइन्डिजले फराकिलो जीत हात पारेको हो ।

जारी विश्वकपको यो नै सबैभन्दा ठूलो अन्तरको जीत हो । विशाल लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानका इब्राहिम जद्रानले ३८, अजमतुल्लाह उमरजईले २३, राशिद खानले १८, करिम जन्नतले १४ रन बनाउन बाहेक अरुले दोहोरो अंक नै बनाउन सकेनन् ।

अफगानिस्तानलाई अलआउट गर्न वेष्टइन्डिजका ओबेद म्याककोयले तीन, मुडाकेश मोती र अकिल हुसैनले दुईरदुई तथा आन्द्रे रसेल र अल्जारी जोसेफले एकरएक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले निकोलस पुरनको आक्रामक ब्याटिङमा २१८ रन बनाएको थियो ।

पुरणले ५३ बलमा ९८ रनको आक्रामक इनिङ खेले । जोनसन चार्ल्सले २७ बलमा ४३, शाई होपले १७ बलमा २५, रोभम्यान पावेलले १५ बलमा २६ रन बनाए ।

अफगानिस्तानका गुलबदिन नाबीले २ तथा नवीन उल हक र फजलहक फारुकीले एकरएक विकेट लिए । समूह सीबाट अफगानिस्तान र वेष्टइन्डिज दुवै सुपर-८ मा पुगिसकेका छन् । सुपर-८ को समूह २ मा रहेको वेष्टइन्डिजले इंग्ल्याड र समूह १ मा रहेको अफगानिस्तानले इन्डियासँग पहिलो खेल खेल्नेछ ।

प्रकाशित मिति:June 18, 2024