काठमाडौँ । हतारोको पत्रकारिताले आम पाठकलाई रनभुल्ल बनाउछ भने जस्तै रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले आफू अमेरिकाको स्थायी आवासीय अनुमति (पिआर) धारी नभएको प्रष्ट पार्दा पाठक माझ खोजी पत्रकारिताले स्थापित हुने प्रतिस्पर्धामा लाग्नेहरुको निम्ति थप चुनौती बनेको बताइन्छ ।
केही दिन अगाडी शर्मासँग पिआर रहेको भन्दै अनुसन्धान भइरहेको समाचार बाहिर आएपछि उनले आफू अमेरिकाको पिआरधारी नभएको प्रष्ट पार्नुपर्ने अवस्था आए सँगै शर्माले सम्पत्ति न्यूजलाई उपलब्ध गराएका कागजात अनुसार २०७० सालमा नै उनले अमेरिकाको पिआर त्यागेको जानकारी ऊर्जा मन्त्रालयलाई गराएको डकुमेन्टले समाचारमा सत्यता नरहेको देखिन्छ ।
तत्कालीन ऊर्जा मन्त्रालयका सहसचिव रहेका शर्माले ७ असोज २०७० मा मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखेको पत्रमा विभिन्न प्रमाण पेस गर्दै आफूसँग अमेरिकाको पिआर तथा नागरिकता नभएको जानकारी गराएका समेत थिए ।
समान्य प्रशासन मन्त्रालयले २०७० असोज १ मा पत्र लेख्दै अन्य देशमा स्थायी रूपमा बसोबास गर्ने अनुमति (पिआर) तथा नागरिकता लिएका कर्मचारीहरूको विवरण मागेपछि शर्माले २०७० असोज ७ मै ऊर्जा सचिवलाई पत्र लेख्दै आफूसँग कुनै विदेशमा स्थायी रूपमा बसोबास गर्ने अनुमति (पिआर) तथा नागरिकता नभएको जानकारी गराएका थिए ।
यस्तै शर्माले काठमाडौँस्थित अमेरिकी दूतावासमा पिआर कार्ड सलेण्डरका लागि निवेदन दिएका थिए । रक्षा सचिव शर्माले सन् २०१३ सेप्टेम्बर १९ मा पिआर सलेण्डर गरेका थिए । शर्माले तत्कालीन अवस्थामा सलेण्डरको कागजातसहितका प्रमाणहरू मन्त्रालयमा पेस गरेका थिए ।
आफूले २०७० सालमै अमेरिकाको पिआर त्यागेको बताउदै भने, ‘मैले २०७० सालमै पिआर त्यागेको हुँ र सो विषय तत्कालै जानकारी गराएको थिएँ ।’ नेपाली प्रशासन क्षेत्रमा सरल अनि राष्ट्रवादी सोचका धनी शर्मा जहाँ बसे पनि अत्यन्तै इमानदारीपूर्वक लगनशील काम र नतिजा दिन सक्नेमा गनिन सक्ने प्रशासन बने तर उनलाई बुझ्दै नबुझी एकातर्फि समाचार बनाएको देख्दा एक प्रशासकले चिन्ता समेत व्यक्त गरेका छ्न्।



