संसद् भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला

  Sampatti News Online

June 19, 2024

काठमाडौँ । संसद् भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका जवान अजित गोले संसद् भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।

दोलखाका प्रहरी जवान गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीले घटनाको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

‘बिहान ८ बजेर दुई मिनेटमा आवाज सुनिएको जानकारीमा आएको छ । घटनास्थलमा प्रहरी टोली गएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रहरी जवान गोलेले आफैँ गोली हानेर आत्महत्या गरेको भन्ने जानकारी आएको बताए । घटनाको विस्तृत विवरण आउन भने बाँकी छ ।

प्रकाशित मिति:June 19, 2024