६० किलो सुन तस्करी प्रकरणः थप दुई जना पक्राउ

  Sampatti News Online

June 19, 2024

काठमाडौँ । ६० किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी रहेका छन् ।

भारतमा पक्राउ गरेर उनीहरूलाई काठमाडौँमा ल्याएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) का प्रवक्ता होविन्द्र बोगटीले बताए । उनीहरूको न्युरोडाम सुन रिफाइन पसल सञ्चालन गर्ने भारतीय नागरिक अविजित तानाजिमुली सँग कनेक्सन देखिएको छ ।

यो सँगै दोस्रो चरणको अनुसन्धानमा पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको छ ।

प्रकाशित मिति:June 19, 2024