मध्यपहाडी लोकमार्गमा अवरुद्ध

  Sampatti News Online

June 19, 2024

काठमाण्डौँ । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा पहिरो खस्दा एउटा ट्रक (टेलर) पुरिएको छ । बुधबार बिहान एक्कासि लेदोसहितको पहिरो खस्दा प्रदेश २ –०३–००१ ख–७१४४ नम्बरको ट्रक पुरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

ट्रक पुरिए पनि चालक भने सकुसल रहेको प्रहरीले जनाएको छ । ट्रकचालक पर्सा परवानीपुरका २५ वर्षीय रोशन पटेल सकुशल छन् ।

यसैबीच, पहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । पहिरोले गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार खुर्कोटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन तथा यात्री अलपत्र परेका छन् ।

सडक अवरुद्ध भएको स्थानमा स्थानीय सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पुगेको उनले बताए । उनका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।

प्रकाशित मिति:June 19, 2024