पशुपति मन्दिरको भेटी चोरी गर्ने पाँच जना पुर्पक्षका लागि कारागार चलान

  Sampatti News Online

June 20, 2024

काठमाडौं । पशुपति मन्दिरको भेटी चोरी आरोपमा पक्राउ परेका पाँच पुर्पक्षका लागि कारागार चलान भएका छन् । एक जना धरौटीमा छुटेका छन् । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिमणि गौतमको इजलासले पाँच जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

अदालतको आदेशपछि चोरी आरोपमा पक्राउ परेका पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी र मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सञ्जय कपाली, कुमार दमाई र अनिल परियार कारागार चलान भएका हुन् ।

उनीहरुलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरी वृत्त गौशालाका डीएसपी केशवकुमार थेबेले बताए । त्यसैगरी पक्राउ मुद्दा चलाइएका मध्ये सत्यनारायण जोशी भने रिहा भएका छन् । उनलाई ३ लाख धरौटीमा छाड्नु भन्ने आदेश आएपछि धरौटी तिरेर हिरा भएको उनले बताए ।

६ जनाविरुद्ध २ करोड ३० लाख १ हजार बिगो मागदाबी गर्दै चोरीको कसुरमा मुद्दा चलाइएको थियो ।

प्रकाशित मिति:June 20, 2024