तारकेश्वरमा ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियान अन्तर्गत बृक्षरोपण र निशुल्क दन्त शिविर

सम्पादक सागर पण्डितले सतकर्म अभियानमा जोडिएर बृक्षरोपण गरी मनाए जन्मदिन

  Sampatti News Online

June 20, 2024

काठमाण्डौँ । तार्केश्वर नगरपालिका–४ नागार्जुन जंगल क्षेत्रमा बृहत बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायको प्रमुख आथित्यतामा आज (बिहीबार) वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सचिव उपाध्यायले समाज र राष्ट्रकै वातावरणको हितका लागि नौलो र पहिलो अभियानमा सामेल हुने अवसर पाएकोमा खुसी व्यक्त गर्दे आयोजक संस्था प्रति आभार समेत प्रकट गरे ।
उनले यो अभियानलाई देशव्यापाी बनाउन सकिएमा प्रकृतिको संरक्षणमा ठुलो योगदान पुग्ने बताए । विश्वमा जलवायू परिवर्तनका कारण विभिन्न समस्याहरु देखिएको चर्चा गर्दै उनले जलवायू परिवर्तनको असर रोक्न वृक्षरोपण जस्ता कार्यक्रमले प्रभावकारी भुमिका निर्वाह गर्ने भएकाले यस्ता अभियानमा सबै पक्ष जोडिनुपर्ने आवश्यकता औल्याए । उनले यस्ता अभियानलाई सफल बनाउन सरकारी स्तरबाट पनि सक्दो पहल गर्ने प्रतिवद्धता जनाए ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आयोजित रौतहटबाट पहिलोपटक सुरुवात गरिएको ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियान अन्तर्गत सहभागी सबैले आ–आफ्नो जन्मदिन सम्झिएर लालुपाते, जाईफुल, अम्बा,कागती लगायतका बिरुवा रोपिएको अभियानका संयोजक तथा आयोजक संस्थाका अध्यक्ष गोविन्दप्रसाद चौलागाईले सम्पत्ति न्यूजलाई बताए । उनले यो अभियानलाई बिश्वभर पुर्याएर नेपाल र नेपालीको गौरव गर्न लायकको अभियान बनाई जन्मदिन लगायत शुभकार्यहरुमा सत्कर्म गर्न आग्रह गरे ।
अभियानको बृक्षारोपण कार्यक्रममा उपस्थित बिशिष्ट अतिथी तथा सुचना तथा प्रशारण बिभागका महानिर्देशक बलराम रिज्यालले सबै नेपालीले आफ्नो जन्मोत्सवमा बिकृतीजन्य गतिबिधीहरु नगरी स्मरण योग्य कार्य गरी एकअर्कामा स्वागतयोग्य सत्कर्मको थालनी गर्नुपर्ने बताएका छन् ।
यसैगरि तारकेश्वर नगरपालिका वार्ड नं ४ का अध्यक्ष नरेन्द्र दास श्रेष्ठले वृक्षरोप जस्तो पवित्र कार्यमा जोडिन पाउदा अत्यन्तै खुशी लागेको र यस्तो कार्यलाई नगरपालिका र वार्ड कार्यालयहरुले पनि अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए ।
ओम समाज डेन्टल अस्पतालका अध्यक्ष वरिष्ठ डा. सुभाष घिमिरेले सरकर्मको अभियानले समाज रुपान्तरण गर्न मद्दत पुग्नेभएकाले सबैले यो अभियानमा जोडिन आग्रह गर्नुभयो । ॐसमाज डेन्टल अस्पताल चाहबिलले आयोजना गरिएको निशुल्क दन्त शिबिर उदघाटनका क्रममा डाक्टर घिमिरेले भन्नुभयो आज बाट तारकेश्वर ४ बाट शुरु गरेको शुभ दिनलाई अवसर पारेर वडाका सबै नागरिकलाई दन्त उपचारका निम्ति विशेष छुटको योजना वडा सग सम्झौता नै गर्न आग्रह गर्नुभयो ।, नेपाल सरकारका उपसचिव नवराज अधिकारीले यस्ता सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुने भन्दै आफनो जन्म दिनमा पनि सतकर्ममा जोडिने एक्यवद्धता जनाउनुभयो।
कार्यक्रममा पत्रकार पुकार तिमल्सिना, राष्ट्रसेवक कर्मचारी मनोज थापा, सृजनशील महिला समाजकी अध्यक्ष सुष्मा रेग्मी,योग साधना केन्द्रका राधिका महर्जन, सुवास थापा,४ नं वडाका सदस्यहरु अर्जुन घिमिरे, विन्दु थापा,आशिया ठाकुर, राजेन्द्र घिमिरे, वडाका अग्रज जेष्ठ सदस्य लगायत कार्यक्रममा उपस्थित सम्पुर्णले जनता, समाज र राष्ट्रकै हितका लागि समर्पित यो अभियानमा जोडिएर बृक्षरोपण गरी सत्कर्म गर्न पाउँदा ज्यादै हर्षित भएको बताएका छन् ।
सो अभियानको बृक्षारोपण कार्यक्रमका एक्यवद्धता जनाउदै बिशिष्ट अतिथी तथा समाचारपत्र राष्ट्रिय दैनिकका प्रधान सम्पादक सागर पण्डितले नागार्जुन क्षेत्रमा वृक्षरोपण गरी आफनो जन्मदिन मनाएका हुन् । जन्मदिनको उपलक्ष्यमा गुरु रमेश नेपालको रचना र स्वरको शुभजन्मोत्सवको गीतसँगै कार्यक्रममा उपस्थित सम्पुर्णले शुभकामना सहित बृक्षरोपण गरी साथ दिएका थिए ।
वृक्षरोपण कार्यक्रम सम्पन्न भएलगत्तै जन्मदिनलाई सत्कर्मसँग जोडौ अभियान अन्तर्गत तारकेश्वर ४ को वडा कार्यालयमा वृहत निशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको थियो । सो शिविरमा ओम समाज डेण्टल अस्पतालका वरिष्ट दन्त विशेषज्ञ डा.शुभाष घिमिरे नेतृत्वको चिकित्सकको टोलीले स्थानीय १ सय जना भन्दा बढिको निशुल्क उपचार र दाँत परिक्षण गरेको थियो ।
गत सोमबार पशुपतिनाथको मन्दिर मृगस्थलीमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल, डा. भगवान कोईराला नायिका पुजा शर्मा पुर्व मिस नेपाल सुगारिका केसी लगायत देशैकै चर्चित कलाकारहरुले यो अभियानमा एक्यवद्धता जनाउदै बृक्षरोपण गरेका थिए ।

जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै कार्यक्रममा प्रमुख अतिथी रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायले आफ्नो जन्मदिनको स्मरण गरी बृक्षरोपण गर्दे
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै सुचना तथा प्रशारण बिभागका महानिर्देशक बलराम रिज्यालले आफ्नो जन्मदिन स्मरण गरी बृक्षरोपण गर्दे
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा ओम समाज डेन्टल अस्पतालले आयोजना गरेको निशुल्क दाँतको उपचार गर्न प्रतिक्षामा वडा नम्बर ४ का सर्वसाधारण
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै उत्साहका साथ बृक्षरोपण गर्दे
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै आफ्नो जन्मदिनको अवसरमा बृक्षरोपण गर्दे सम्पादक सागर पण्डित
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै आफ्नो जन्मदिनमा बृक्षरोपण गरे पश्चात वरिष्ठ डा.सुभाष घिमिरेद्धारा दाँतको उपचार गराउदै सम्पादक सागर पण्डित

प्रकाशित मिति:June 20, 2024