३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न

  Sampatti News Online

June 20, 2024

काठमाडौं । अर्घाखाँची सन्धिखर्क नगरपालिका–६ फुदवाङदेखि गुल्मी रेसुङ्‍गा नगरपालिका–७ उनायचौर (तम्घास) सम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सकिएको छ ।

त्यसैगरी सोही प्रसारण लाइनअन्तर्गत उनायचौरमा १३२ केभी तम्घास सबस्टेसन पनि निर्माण पूरा भएको छ । नेपाल विद्युत् प्राधिकरणले सन्धिखर्क–तम्घास करिब १६ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र १३२ केभी तम्घास सबस्टेसन पूरा गरी बुधबारबाट सञ्चालनमा ल्याएको हो ।

उक्त सबस्टेसनमा १३२/३३ केभी, ३० एमभीए र ३३/११ केभी, १६ एमभीए क्षमताका पावर ट्रान्सफर्मर छन् । प्रसारण लाइनबाट करिब २ सय मेगावाट विद्युत् प्रवाह हुन सक्छ ।

सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्ति गर्न तीन वटा ३३ केभीका र चार ११ केभीका फिडर निर्माण गरिएका छन् । त्यसमध्ये ३३ /११ केभीका दुईरदुई फिडर सञ्चालनमा ल्याई स्थानीय रूपमा विद्युत् आपूर्ति गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि मुख्यगरी गुल्मीको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनुका साथै प्राविधिक चुहावट पनि कम हुने बताए ।

प्रकाशित मिति:June 20, 2024