दुग्धमा मिसावट गराउने कर्मचारी गिरोहका कारण थलिदै गएको दुग्ध बिकास सस्थान

Nepal Cover
८ असार २०८१, शुक्रबार
image

काठमाडौ ।तोकिएको दिन किसानले भुक्तानी पाउन छाडेको बर्षौ भयो भने बेलाबेलामा दुग्ध पदार्थमा मिसावट भयो भन्ने गुनासो भित्रको रहस्य मुख्य मतियार सस्थान भित्र कार्यरत कर्मचारी नै भएको तथ्य बिस्तारै बाहिरिएको छ।

बजारमा दुग्ध माफियाको सेटिङ्गमा सस्थान भित्र बसेर चलखेल गर्ने अशोक जैसवाल प्रवृत्तिबाट सस्थान थङथिलो बन्दै गएको छ।पाचौं तहमा कार्यरत कर्मचारीले त घर मात्रै बनाएका छैनन राजधानीमा निजि जग्गा ठाउँ ठाउँमा जोड्ने तर सस्थान भने घाटामा गैरहने यस्को खोजी गर्नेपर्ने जरुरी देखिन्छ।बालाजु आयोजनामा कार्यरत जैसवालले बदमासी गरे सगै छानबिनका निम्ति तीन सदस्यीय समिती बनाउनु परेको यथार्थ एकातिर छ प्राप्त जानकारी अनुसार दोषी आरोपित अशोक जयसवाल सहायक कर्मचारी पाँचौ तह बालाजुमा कार्यरत हुन ।

उनको धन्धा भनेको तोकिएको काम नगर्ने हाकिम लाई तथानाम गाली गर्ने किर्ते उजुरी तयार गर्ने र सस्थाका इमानदार कर्मचारी लाई भडकाउने जस्ता काम गर्ने गरेका थिए।उनले किसानको दुध खरिदमा हिनामिना गरेको काण्डमा अख्तियारमा उजुरी पर्दा सम्म उनि गलेका देखिदैनन । बजारमा दुधका बेचौलिया सग जम्मा गरेको रकमले श्रीमतीको नाममा एउटा अनलाइन खोलेर पछिल्ला दिनमा आफू कार्यरत सस्थाका माथिल्ला कर्मचारीका बारेमा तथानाम ,कपोलकल्पित भ्रामक कुरा प्रचारप्रसार गराइएको तर्फ कतिपय कर्मचारीले प्रेस काउन्सिल लाई गुहारी सकेको समाचार छ।

सार्वजनिक सस्थामा जागिर खाएर श्रीमतीको नाममा मिडिया खोलेर त्यही सस्था धरासही बनाउने लाई कस्तो कार्वाही हुन्छ त्यस बिषयमा समेत बहस शुरु भएको बताइएको छ। किसानले बेच्न दुध खरिदबिक्रीमा घोटाला गर्ने यस्ता मतियार लाई उक्साउने सरस्वती जोशी ,मनहरी किन तिनलाई साथ दिइरहन्छ्न अख्तियारले थप अनुसन्धान गहिराईमा पुगेर गर्नुपर्ने देखिन्छ।

– युवराज झा बाट