स्कारपियो भिरमा खस्दा दुई जनाको मृत्यु

  Sampatti News 2024

June 22, 2024

रौतहट । रौतहटमा स्कारपियो सडकबाट भिरमा खस्दा दुई जनाको ज्यान गएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको धन्सार पुल नजिक टायर पड्किएर भारतीय नम्बर प्लेटको स्कारपियो सडकबाट भिरमा खस्दा दुई जनाको ज्यान गएको प्रहरलिे जनाएको छ ।

मृत्यु हुने दुइजनै भारतिय रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

सर्लाहीको बाग्मती नगरपालिकास्थित भरत ताल घुमेर बाराको पिलुवा जाँदै गरेको बिआरजिरो ५ एटि ५९६३ नम्बरको स्कारपियो जीपको पछाडि बायाँ साइडको चक्का पड्किएपछि अनियन्त्रित भई राजमार्गबाट तल खसेको थियो ।

जीप खयरको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । रुखमा ठोक्किएर क्षतिग्रस्त जीपमा सवार दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । जीपमा सवार चार जना घाइते भएका छन् । घाइतेको बारास्थित निजगढ सामुदायिक अस्पतालमा उपचार गरिएको प्रहरीले जनायो ।

दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक सुरेन्द्र विक्रम बर्तौलाको टोली घटनास्थल पुगेको थियो ।

प्रहरी निरीक्षक बर्तौलाका अनुसार दुर्घटनामा परी जीपमा सवार भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत झिट्काही –४ का ३५ वर्षीय तमन्ना शेखको मृत्यु भएको छ । दुर्घटनामा अर्का गम्भीर घाइते २१ वर्षीय ईर्फान आलमको मेडिसिटी बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । आलमको मुख र टाउकोमा चोट लागेको थियो । स्कारपियो चालक २२ वर्षीय सोहेल अमिर घाइते छन् ।

प्रकाशित मिति:June 22, 2024