युरोकप-२०२४ः नेदरल्यान्ड्स र फ्रान्स गोलरहित बराबरी

  Sampatti News 2024

June 22, 2024

एनेन्सी । युरोकप–२०२४ को समूह चरणको खेलमा नेदरल्यान्ड्स र फ्रान्स बराबरीमा रोकिएका छन् । आफ्नो दोस्रो खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । लेइपजिग स्टेडियम जर्मनीमा शुक्रबार राति भएको खेलमा केलियन एम्बाप्पे बिनाको फ्रान्सले बल पोसेसन राखे पनि फिनिसिङमा चुकेको थियो ।

यता, नेदरल्यान्ड्सले दोस्रो हाफमा गोल गरे पनि रेफ्री र भिडियो सहायता रेफ्री (भीएआर) को विवादास्पद निर्णयले गोलले मान्यता नपाउँदा जितबाट वञ्चित बन्यो । खेल बराबरीमा सकिएसँगै दुवै टोली नकआउट चरण नजिक पुगेको छ । तर, यस खेलमा जित निकाल्ने टोलीले नकआउट चरणमा स्थान बनाउने थियो ।

नेदरल्यान्ड्सविरुद्धको खेलमा फ्रान्सको कप्तानी एन्टोइन ग्रिजमनले गरेका थिए । दुबै टोलीको दुई खेल पछि चार अंक पुगेको छ । गोलअन्तरमा नेदरल्यान्ड्स समूह ‘डी’ मा शीर्षस्थानमा तथा फ्रान्स दोस्रोमा छ । अस्ट्रिया दोस्रो तथा पोल्यान्ड पुछारमा छ । अब नेदरल्यान्ड्सले अस्ट्रियासँग तथा फ्रान्सले पोल्याण्डसँग खेल्नेछ ।

प्रकाशित मिति:June 22, 2024