शान्ति प्रक्रिया नटुङगिएको कारण अहिलेको परिवर्तन ‘सहिद’ नै रह्योः परराष्ट्रमन्त्री श्रेष्ठ

  Sampatti News 2024

June 22, 2024

काठमाडौं । शान्ति प्रकृयाका काम छिटो पुरा हुने परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जिकिर गरेका छन् । शनिबार काठमाडौंमा आयोजित स्मृतिमा पद्यमरत्न तुलाधार पुस्तक विमोचन कार्यक्रममा उनले, शान्ति प्रक्रिया नटुङगिएको कारण अहिलेको परिवर्तन ‘सहिद’ नै रहेको बताएका हुन् र

उनले संक्रमणकालिन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिवद्धताकासाथ अगाडि बढिराखेकोसमेत बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने उनले भने, ‘नेपाल अहिले शान्ति प्रक्रियाको कारणले गर्दा हालको परिवर्तन सहिद छ । शान्ति प्रक्रियाको काम अझै गर्न बाँकी छ । संक्रमणकालीन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिवद्धताकासाथ अगाडि बढ्नुपर्नेछ ।’

उनले स्वर्गीय पद्यमरत्न तुलाधार एक वहुआयामिक व्यक्तित्व रहेको स्मरण गरे । तुलाधारले उत्पीडित भाषा र सांस्कृतिको पक्षमा भएको आन्दोलनको नेतृत्व गर्नका साथै त्यो आन्दोलनमार्फत नेपालको यथास्थितिवाद र राजनीतिक निरङकुशताका विरुद्ध पनि संघर्ष झेलेको बताए ।

प्रकाशित मिति:June 22, 2024