विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताल

  Sampatti News 2024

June 22, 2024

काठमाडौं । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णयले विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताललाई नियुक्त गरेको छ ।

बैकले अध्यक्षमा धितालसहित सदस्यमा डा.मधुसूदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुत्त गर्ने निर्णय गरेको थियो ।

लामो समयदेखि ऊर्जा क्षेत्रको नीति निर्माणमा सरकार तथा सरोकारवाला क्षेत्रमा योगदान गरेका धितालले यसअघि पनि आयोगको सदस्यमा करिब ३ वर्ष सदस्यको जिम्मेवारी पूरा गरिसकेका हुन् ।

करिव तीन दशक यसै क्षेत्रमा योगदान पुर्याएका उनले ऊर्जा विकासका क्षेत्रमा नीति निर्माण, योजना कार्यान्वयन र अनुगमनमा उल्लेख्य योगदान दिएका धिताल र अधिकारी आयोगको छविलाई माथि उठाउन सक्ने व्यक्तित्वको रुपमा हेरिएको छ । अध्यक्षसहित ४ सदस्य रहने आयोगमा एक सदस्य गौतम डंगोल भने जिम्मेवारीमै छन् ।

कानुनी विवादका कारण महिला सदस्यको भने नियुक्त हुन सकेको छैन ।

प्रकाशित मिति:June 22, 2024