दुई जित निकाल्दै पोर्चुगल नकआउट चरणमा

Nepal Cover
१० असार २०८१, आईतवार
image

काठमाडौं । युरो २०२४ मा लगातार दुई जित निकाल्दै पोर्चुगल नकआउट चरणमा पुगेको छ।

टर्कीमाथि ३–० को जित निकाल्दै क्रिस्टियानो रोनाल्डोको टिम नकआउट चरणमा पुगेको हो।

टर्कीमाथि जित निकाल्न पोर्चुगलका बेर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले गोल एक(एक गोल गरेका थिए। थप एक गोल भने टर्कीका डिफेन्डरको गल्तीले लागेको थियो। खेलभर पोर्चुगलले दबदबा राख्यो।

खेल सुरु भएको २१ मिनेटमै सिल्भाले गोल गर्दै अग्रता दिलाएका थिए।

त्यसको ७ मिनेट पश्चात् अर्थात २८ औँ मिनेटमा पोर्चुगलले उपहार स्वरूप अर्को गोल पाएको थियो। २(० को अग्रतालाई ५५ औँ मिनेटमा गोल गर्दै ब्रुनो फर्नान्डेजले ३‍‍० मा पुर्‍याएका थिए।

यो जितसँगै समूह इ बाट पोर्चुगल नकआउट चरणमा पुगेको छ। २ खेलमा २ जित निकाल्दै पोर्चुगल ६ अंकका साथ समूह विजेता बनेर माथिल्लो चरणमा पुगेको हो।

यो समूहबाट टर्की ३ खेलबाट एक जितका साथ ३ लिएर दोस्रो र दुई–दुई खेल खेलेका चेक गणतन्त्र र जर्जिया भने एक–एक अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।