पछिल्लो २४ घण्टामा थप १२ सय २८ जना संक्रमित थपिए

  Sampatti News

September 3, 2020

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्य महिला ३ सय ९४ र पुरुष ८ सय ३४ जना रहेका छन् ।

यससँगै देशभर कुल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका छन्।

प्रकाशित मिति:September 3, 2020