काठमाडौं । आज बसेको राष्ट्रियसभा बैठकले मादक पदार्थ सेवन गरेर आउनेहरुलाई निलम्बन गर्ने माग उठेको छ ।
बैठकमा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले संसद्मा मादकपदार्थ सेवन गरेर आउने सांसदलाई ६ महिना निलम्बन गर्न माग गरेका हुन्।
केही दिनअघि प्रतिनिधिसभा बैठकमा एक महिला सांसदले पुरुष सांसद मादकपदार्थ सेवन गरी संसद्मा आएको कुरा उठाएको भन्दै उनले संसद्को अनुशासनको कुरा गरेर आफैँ अनुशासनहिन काम गर्ने सांसदलाई ६ महिनाको निलम्बन गरिनुपर्ने उनको भनाइ छ।
यदी त्यसो हो भने कारबाही हुनुपर्छ,’ उनले भने, ‘संसद्को अनुशासनको कुरा गरेर आफैँ अनुशासनहिन नहोस्। त्यस्तो कार्य भए ६ महिनाको निलम्बन हुनुपर्छ।’