कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री कार्की दायर गरेको रिटको आज आदेश आउने

  Sampatti News 2024

June 25, 2024

काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीद्वारा दायर रिट हिजो सोमबार ‘हेर्दाहेर्दैमा’ राखिएकोमा आज फैसला आउने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा भइरहेको बहसमा रिट निवेदकले जवाफ दिन बाँकी रहेको छ ।

हिजो मुख्यमन्त्री हिक्मतबहादुर कार्कीका तर्फबाट अधिवक्ताहरू रमण श्रेष्ठ, रमेश बडाल, प्रकाश केसी, टीकाराम भट्टराई, माधव बस्नेत, भिर्माजुन आचार्य, हर्कसिंह रावललगायतले बहस गरेका थिए ।

मुख्यमन्त्री कार्कीका तर्फबाट बहस सकिएपछि रिट निवेदकका तर्फबाट जवाफी बहसका लागि एक घण्टाको समय मागिएपछि सुनुवाइ हेर्दाहेर्दैमा आज (मंगलबार)का लागि राखिएको हो ।

प्रकाशित मिति:June 25, 2024